Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौंमा प्रदर्शन, माग पूरा गर्न सरकारलाई दबाब (तस्बिरहरू)

नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौंमा प्रदर्शन, माग पूरा गर्न सरकारलाई दबाब (तस्बिरहरू)


  • 673
    Shares

    नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौंमा प्रदर्शन, माग पूरा गर्न सरकारलाई दबाब (तस्बिरहरू)
    images

    काठमाडौं । न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, श्रम शोषण अन्त्य गर्नुपर्ने लगायतका १५ बुँदे माग राख्दै आमरण अनसनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौं उपत्यकाका नर्सहरूले प्रदर्शन गरेका छन् । रानाभाटले उठाएका माग जायज रहेको भन्दै आन्दोलनको छैटौँ दिनमा अन्य नर्सहरूले वीर अस्पताल परिसरमा प्लेकार्डसहित प्रदर्शन गर्दै ऐक्यबद्धता जनाएका हुन् ।

    साउन १४ गतेदेखि आमरण अनसनमा रहेकी नर्स रानाभाटको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उनलाई हाल वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीहरूले नेपालमा नर्सहरूको तलब, भत्ता, सेवा सुविधा र वृत्ति विकाससँग सम्बन्धित समस्या समाधानका लागि विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    सम्झौता कार्यान्वयन नहुँदा देशभरका नर्सहरू अन्यायमा परेको उनीहरूको भनाइ छ । उनीहरूले सरकारलाई तत्काल वार्ता गरी माग सम्बोधन गर्न आग्रह गरेका छन् । नर्स रानाभाटको आन्दोलनलाई डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन अफ नेपाल, नेपाल पब्लिक हेल्थ एसोसिएसन, हेल्थ असिस्टेन्ट एसोसिएसन अफ नेपाल र नेपाल सीएमए सङ्घलगायतका संस्थाहरूले समेत समर्थन र ऐक्यबद्धता जनाएका छन् ।

     

    n1.JPGn2.JPG

    n3.JPG

    n4.JPG

    n5.JPG

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - ११:३४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij