२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा पर्ने मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कार अझै भेटिएको छैन। कारमा सवार तीन जना बेपत्ता रहेका छन्।
सोमबार मध्यान्ह प्रदेश–३–०१–०२४ च ९५७३ नम्बरको कार सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको थियो। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बागमती प्रदेश–०८–००१ ख ०१४४ नम्बरको बसले कारलाई ठक्कर दिँदा कार नदीमा खसेको हो।
कारमा सवार यात्रुको खोजी भइरहेको सिन्धुलीका प्रहरी प्रमुख (एसपी) रविन्द्र सिंहले बताएका छन्। बेपत्ताहरूको खोजीका लागि डीएसपी विजय श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरिएको छ। बेपत्ता हुनेमा कार चालक सिन्धुपाल्चोकको जुगल–७ का ३९ वर्षीय दिलबहादुर लामा, सिन्धुलीको गोलञ्जोरका करिब २८ वर्षीय गणेश थापा र सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij