Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका


  • 855
    Shares

    सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
    images

    काठमाडौं । मकवानपुरमा गत आर्थिक वर्ष २०८२\८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । 

    जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकका अनुसार गत आवमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका ८७५ रहेका छन् । त्यस्तै अंश दर्ता चलनका ३०४, लागुऔषधका २३९, लेनदेनका १९२, बैङ्किङ कसुरका ११९ र लिखत बदरका ११० मुद्दा दर्ता भएका उनले जानकारी दिए । 

    जालसाजीका ९९, चोरीका ७५, सवारी, ज्यान र अङ्गभङ्गका ५३ तथा जबर्जस्तीकरणीका ४६ वटा मुद्दा दर्ता भएका अदालतले जनाएको छ । अदालतले गत आवमा कुल दुई हजार ३१५ वटा मुद्दा फस्र्यौट गरेको सूचना अधिकारी कौशिकले जानकारी दिए ।  

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १६:१३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij