Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

मुलुकको सामाजिक सद्भाव र शान्ति सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्छः सांसद श्रेष्ठ

मुलुकको सामाजिक सद्भाव र शान्ति सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्छः सांसद श्रेष्ठ


  • 1.3K
    Shares

    मुलुकको सामाजिक सद्भाव र शान्ति सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्छः सांसद श्रेष्ठ
    images

    काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद किरणबाबु श्रेष्ठले मुलुकमा बढ्दै गएको हिंसात्मक गतिविधि र सामाजिक सद्भावमा आउन सक्ने चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। 

    सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सहिष्णुता र विधिको शासन कायम हुनुपर्ने बताएका हुन् । सम्बोधनको प्रारम्भमा सांसद श्रेष्ठले गत साउन १४ गते पाकिस्तानको काराकोरम श्रृङ्खलामा रहेको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा र गोरखाका पूर्णबहादुर गुरुङसहित १० जना आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

    उनले केही दिनअघि सुनसरी र सिराहामा भएका झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवप्रति शोक व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छनु् । 

    सांसद श्रेष्ठले कुनैपनि नेपालीको मृत्यु परिवारको मात्र नभई राष्ट्रकै पीडा भएको उल्लेख गर्दै हिंसामा ज्यान गुमाउने व्यक्तिलाई जात, धर्म वा समुदायको चस्माले हेर्न नहुने बताएका छन् । नेपालको विविधता नै यसको शक्ति भएको चर्चा गर्दै उनले पृथ्वीनारायण शाहको ‘चार जात छत्तीस वर्णको फूलबारी’ को मर्मलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् । 

    उनले भने, ‘नेपाल गौतम बुद्धको भूमि हो, जहाँ करुणा र सहअस्तित्वको सन्देश दिइएको छ। तर आज हामी शान्तिका लागि छटपटाइरहेका छौँ । के राज्यले सम्भावित तनावको समयमै आँकलन गर्न सक्यो रु के सुरक्षा निकायबीच आवश्यक समन्वय भयो रु स्थानीय प्रशासनले रोकथामका उपायहरू पर्याप्त रूपमा अपनायो कि अपनाएन ?’

     

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १५:१६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij