Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सुनकोशीमा खसेको कार खोज्न गोताखोर परिचालन

सुनकोशीमा खसेको कार खोज्न गोताखोर परिचालन


  • 869
    Shares

    सुनकोशीमा खसेको कार खोज्न गोताखोर परिचालन
    images

    काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सोमबार कार सुनकोशी नदीमा खसेको छ।

    खोटाङबाट काठमाडौं आउँदै गरेको कारलाई काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट करिब ३० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।

    दुर्घटनाको जानकारी पाएलगत्तै खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    बेपत्ता कारको खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली तथा नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको छ।

    प्रहरीका अनुसार कारमा सवार फिक्कल गाउँपालिका–५ का पूर्णबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा र ठेगाना नखुलेका अर्का एक जना गरी तीन जना बेपत्ता भएका छन्।

    उद्धार तथा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १४:५१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij