Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न १० जनाको नाम सर्टलिस्टमा

काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न १० जनाको नाम सर्टलिस्टमा


  • 1.2K
    Shares

    काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न १० जनाको नाम सर्टलिस्टमा
    images

    काठमाडौं । विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ ।

    ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार १० जना उम्मेदवारहरूको नामावली छनोट गरिएको हो ।

    छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् ।

    संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूका सम्बन्धमा कुनै रायसुझाव दिन चाहने व्यक्तिहरूका लागि साउन २० गतेसम्म उपलब्ध गराइएको गुगल लिङ्कमार्फत आफ्ना सुझावहरू पठाउन सकिने व्यवस्था गरिएको छ ।

    संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने भएको छ ।

    763577277_2431203737363343_903372512118080755_n_wnJ7wrCoqk.jpg

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १२:५५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij