Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सिमलतालमा झरेको लेदो हटाइयो

सिमलतालमा झरेको लेदो हटाइयो


  • 575
    Shares

    सिमलतालमा झरेको लेदो हटाइयो
    images

    काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा माथिबाट झरेको लेदो र पहिरो हटाइएसँगै सडक पुनः सञ्चालनमा आएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान माथिबाट झरेको लेदोका कारण सो सडक खण्ड अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भए लगत्तै पहिले नै तैनाथ अवस्थामा राखिएका हेभी उपकरण र जनशक्ति परिचालन गरी बिहान १०ः५० बजे पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको हो ।

    सडक खुले पनि वर्षा रोकिएको छैन । लगातार भइरहेको वर्षाका कारण सो क्षेत्रमा अझै पनि पहिरो झर्ने जोखिम कायमै रहेको सडक डिभिजनले जनाएको छ ।

    जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्था बुझेर मात्रै होसियारीका साथ सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।

         

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - ११:४८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij