Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु


  • 1.1K
    Shares

    ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
    images

    काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–४ गणेशचोकस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा सोमबार बिहान ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिपुर नगरपालिका–५ लक्षीपुर निवासी पञ्चलाल चौधरी रहेका छन्। 

    उनी कामका लागि साइकलमा हरिपुरबाट हरिवनतर्फ आउँदै गरेका बेला सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बताएका छन्।

    घटनापछि ट्रकको खोजीका लागि इलाका प्रहरी कार्यालय कर्मैयालाई सूचना दिइएको र खोजतलासका क्रममा बिहान करिब ७ः३० बजे ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन्।

    प्रहरीले बारा जिल्लाको कोल्बी नगरपालिका–१६ निवासी २५ वर्षीय नरबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखेको जनाएको छ।

    दुर्घटनामा संलग्न साइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

     

     

     

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १०:५१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij