Logo

२०८३ श्रावण १६ गते शनिवार

२०८३ श्रावण १६ गते शनिवार

लोक सेवा आयोगद्वारा परीक्षाको मिति र समय संशोधन

लोक सेवा आयोगद्वारा परीक्षाको मिति र समय संशोधन


  • 1.8K
    Shares

    • images
    लोक सेवा आयोगद्वारा परीक्षाको मिति र समय संशोधन
    images

    काठमाडौं । लोक सेवा आयोगले साउन १६ गतेदेखि सञ्चालन हुने तय भएका विभिन्न परीक्षाहरूको मिति र समय संशोधन गरेको छ । 

    मधेश प्रदेशका केही जिल्लाहरूमा सिर्जना भएको असामान्य परिस्थितिका कारण परीक्षार्थीहरूको आवतजावतमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै आयोगले यो निर्णय गरेको हो। आयोगका अनुसार साउन १६ गतेदेखि २१ गतेसम्म आयोगका विभिन्न कार्यालयहरूबाट सञ्चालन हुने भनिएका परीक्षाहरूको समय तालिका परिवर्तन गरिएको छ
    । 

    नयाँ कार्यतालिका अनुसार साउन १६ गतेदेखि सुरु हुने भनिएका परीक्षाहरू अब साउन २३ गतेदेखि मात्र सञ्चालन हुनेछन्। लामो दूरीका सार्वजनिक यातायात र सुरक्षा संवेदनशीलताका कारण परीक्षार्थीहरू परीक्षा केन्द्रसम्म पुग्न कठिन हुने स्थिति देखिएपछि आयोगले परीक्षा सारेर राहत दिएको हो ।

    संशोधित परीक्षाको विस्तृत नयाँ कार्यतालिका र समयको विवरण लोक सेवा आयोगको आधिकारिक वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।

    loksewa.jpg

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १६:३४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij