२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रवार शेयर बजार बढेर बन्द भएको छ । लगातार घटिरहेको बजार आज भने दोहोरो अंकले बढेर बन्द भएको हो । आज नेप्से परिसूचक १२.९६ अंकले बढेर २,६८५ को विन्दुमा कायम भएको छ ।
आज १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३७ कम्पनीको ८८ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.७२, विकास बैंक ०.४८, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.४८, जलविद्युत् ०.६९, लगानी ०.२३, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.२४ तथा अन्य समूह ०.९३ प्रतिशत बढेको छ । निर्जीवन बीमा र व्यापार समूह क्रमशः ०.१६ र ०.०७ प्रतिशत घटेको छ ।
एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ । सूचीकृत भएपछि यस कम्पनीको मूल्य लगातार बढिरहेको छ । त्यस्तै जोशी हाइड्रोपावरको ६.७९, अपर लोहोरेखोलाको ६.४४, युनिभर्सल पावरको ४.३२ तथा विकास हाइड्रोपावरको ३.६८ प्रतिशत मूल्य बढेको छ ।
बोटलर्स नेपाल बालाजुको मूल्य ५.३३ प्रतिशत घटेको छ । कालिन्चोक हाइड्रोपावरको ३.५५, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.०३ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij