Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?


  • 407
    Shares

    • images
    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले वृद्धि भएको हो।

    यस्तै, प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

    साथै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ५० रुपैयाँले वृद्धि भएको हो।

    प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ७३८ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

     

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - ११:४२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij