Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ओली सरकारमा महासेठ दम्पतीको 'रोटेसन'

ओली सरकारमा महासेठ दम्पतीको 'रोटेसन'


  • 10.4K
    Shares

    • images
    ओली सरकारमा महासेठ दम्पतीको 'रोटेसन'
    images

    केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । यसपटकको पुनर्गठनमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाका ८ मन्त्री र २ राज्यमन्त्रीका साथै एमालेको आफू पक्षका नेताहरूलाई समेटेका छन् । ओलीले यसपटकको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन् । एमाले र माओवादी एक भई झन्डै दुई तिहाइ बहुमतको सरकार हुँदा पनि पार्टीबाट एकमात्र उपप्रधानमन्त्री बनाएका ओलीले यसपटक भने तीन उपप्रधानमन्त्री थपेका हुन् ।

    २०७४ सालयताका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने ओलीले सरकारबाट बाहिर पठाएका छन् । उनी मन्त्रीको जिम्मेवारी खोसिँदा समेत उपप्रधानमन्त्री भएर बसिरहेका थिए । यसपटक थपिएका उपप्रधानमन्त्रीमनध्ये रघुवीर महासेठका भने दम्पती नै ओली सरकारमा आलोपालो गरी सहभागी हुँदै आएका छन् । ओलीले २०७४ सालमा प्रधानमन्त्रीको शपथ लिएपछि महासेठ मन्त्रिपरिषद्मा सहभागी भएका थिए । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा थिए । २०७४ फागुनदेखि २०७६ मंसिरसम्म उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहे ।

    त्यसपछिको एक वर्ष जारी रहेको तत्कालीन नेकपाको विवादमा महासेठ कहिले दाहाल(नेपाल समूहतिर लागे त कहिले केपी ओलीतिर । २०७७ पुस ५ मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चुलिएको नेकपा विवादमा उनी दाहाल(नेपाल खेमातिर लागेर कार्की बैंक्वेटको भेलासम्म पुगेका थिए । तर, लगत्तै पुस १० गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा महासेठकी श्रीमती जुलीकुमारी महतो मन्त्री बनिन् ।यसलाई धेरैले यी दम्पतिको बार्गेनिङका रुपमा व्याख्या पनि गरे । जुलीकुमारी महतो २०७७ पुस देखि २०७८ जेठसम्म महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री भइन् । २०७६ मंसिर मन्त्रीबाट हटाइएपछि ओलीसँग रिसाएका महासेठ श्रीमती महतो मन्त्री बनेपछि फेरि ओली क्याम्पमा नै फर्किए । ओली मन्त्रिपरिषद्बाट महतो बाहिरिएपछि महासेठ उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीसहित फर्किएका छन् । यसरी ओलीको मन्त्रिपरिषद्मा महासेठ र महतोको 'रोटेसन' चलिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

    प्रकाशित मिति :जेठ २२ २०७८ शनिवार - ०७:१९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij