Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा


  • 1.4K
    Shares

    सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
    images

    काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आइपीओ आज असार ११ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।

    सर्वोत्तम पेन्ट्सको आइपीओ गते जेठ २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५ हजार ५०० कित्ता शेयर बिक्री खुला गरिएको थियो। उक्त आइपीओमा २८ लाख ९४ हजार २३२ आवेदकबट कुल ३ करोड १० लाख ३३ हजार १८० कित्ता शेयर माग भएको थियो। 

    जसमा २८ लाख ५० हजार २५ आवेदकबाट माग भएको ३ करोड ५ लाख २७ हजार ५४० कित्ता शेयर सदर भएको थियो। जसअनुसार ४४ हजार २०७ आवेदकबाट माग भएको ५ लाख ५ हजार ६४० कित्ता शेयर बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ७० हजार ५५० जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

    कम्पनीको आइपीओ सिडिएसको वेवासाईट https://iporesult.cdsc.com.np/क्यापिटल वेवासाईट https://globalimecapital.com/ipo-fpo-share-allotment-check मार्फत हेर्न सकिनेछ ।

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - ११:५१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij