२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलवार आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २६.१६ अंकले घटेर २,६७४ को विन्दुमा कायम भएको छ ।
आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ४० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९२ प्रतिशत घटेको छ । बैंकिङ ०.२९, विकास बैंक ०.४३, फाइनान्स १.२८, होटल तथा पर्यटन १.११, जलविद्युत् १.६३, लगानी १.०३, जीवन बीमा ०.८५, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा १.०१, अन्य ०.६७ तथा व्यापार १.५७ प्रतिशत घटेको छ।
शुक्रबार मात्रै सूचीकृत भएका दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि दुवै कम्पनीको मूल्य ३९६.७० रुपैयाँ पुगेको छ ।
बुंगल हाइड्रोपावरको मूल्य १५ प्रतिशत घटेको छ । एपोलो हाइड्रोपावरको ११.१२, सोपान फर्मास्युटिकल्सको ७.०५, कालिन्चोक हाइड्रोपावरको ५.६४ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्युटिकल्सको १८ करोड ९०लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij