२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आज असार ३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो।
कम्पनीले दोस्रो चरणमा कर्मचारीलाई ३४ हजार ४०० कित्ता र सामूहिक लगानी कोषलाई ८६ हजार कित्ता शेयर छुट्याएर १०० रुपैयाँ अंकित दरका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
लगानीकर्ताले उक्त आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपीओको निष्कासन बन्द छिटोमा असार ८ गते र ढिलोमा असार १७ गते बैंकिङ समयपछि हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij