२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२.२६ अंकले घटेर २,७११ को विन्दुमा कायम भएको छ ।
आज ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ ।
व्यापार १.४२, निर्जीवन बीमा ०.९१, माइक्रोफाइनान्स ०.०५, जीवन बीमा ०.२९, लगानी ०.३४, हाइड्रोपावर ०.४९, होटल तथा पर्यटन ०.४४, फाइनान्स १.२६, विकास बैंक ०.५४ तथा बैंकिङ ०.०२ प्रतिशत घटेको छ ।
दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ६११.४० रुपैयाँ तथा एपोलोको ५२३.९० रुपैयाँ पुगेको छ । सयपत्री हाइड्रोपावरको ३.९१, एसवाई प्यानलको ३.९१ तथा दोल्ती पावरको ३.७४ प्रतिशत मूल्य बढेको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ७.९४ प्रतिशत घटेको छ । रावा इनर्जीको ७.०६, सेन्ट्रल फाइनान्सको ५.९२, नेपाल पुनर्बीमाको ४.१३ तथा नेपाल फाइनान्सको ३.४९ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चरको २७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको २२ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij