Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यी तिन तरिकाबाट हेर्नुहोस् कालंगा हाइड्रोको आईपीओ नतिजा

यी तिन तरिकाबाट हेर्नुहोस् कालंगा हाइड्रोको आईपीओ नतिजा


  • 1.3K
    Shares

    यी तिन तरिकाबाट हेर्नुहोस् कालंगा हाइड्रोको आईपीओ नतिजा
    images

    काठमाडौं । कालंगा हाइड्रोको आइपीओ आजबाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको छ।

    कम्पनीले गत जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको थियो। सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता बिक्री गरिएको छ।

    धितोपत्र बिक्री प्रबन्धकका अनुसार उक्त आइपीओमा २९ लाख १ हजार ९२४ आवेदकबाट ३ करोड १५ लाख ९२ हजार २५० कित्ता शेयर माग भएको थियो। जसमा २८ लाख ६० हजार ७६६ आवेदकबाट माग भएको ३ करोड ११ लाख ४ हजार ७८० कित्ता शेयर सदर भएको छ।

    मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो। जसमा भाग्यमानी २ लाख ८७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले सदर आवेदकमध्ये २५ लाख ७३ हजार ७६६ आवेदकको हात खाली भएको छ।

    यो आइपीओको नतिजा केहीबेरमा हेर्न सकिनेछ। 

    सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ 

    बिक्री प्रबन्धकको वेबसाइट: https://www.sanima.capital/ipo 

    मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login 

     

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १३:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij