२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.९९ अंकले बढेर २,७८२ को विन्दुमा कायम भएको छ ।
आज १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनकिो घटेको छ । आज दिनभरिमा ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३ करोडको शेयर कारोबार भएको छ ।
यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको ७१ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ३२ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij