Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्नो रिभर्सको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

स्नो रिभर्सको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा


  • 673
    Shares

    स्नो रिभर्सको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा
    images

    काठमाडौं । स्नो रिभर्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँड भएको हो।

    कम्पनीले गत बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।

    आइपीओमा मागभन्दा बढी आवेदन परेकाले उक्त आइपीओ गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँड गरिएको छ। जस अनुसार ७७ हजार ८१२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

    यसरी बाँडफाँड गर्दा बाँकी भएको ५ कित्ता, १० कित्ताभन्दा बढी शेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँड गरिएको छ। ५ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

    सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ 

    बिक्री प्रबन्धकको वेबसाइट: https://www.sanima.capital/ipo 

    मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login 

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १३:३९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij