Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कालंगा हाइड्रोको आइपीओ आजदेखि खुल्यो

कालंगा हाइड्रोको आइपीओ आजदेखि खुल्यो


  • 2.1K
    Shares

    कालंगा हाइड्रोको आइपीओ आजदेखि खुल्यो
    images

    काठमाडौं । कालंगा हाइड्रोले आजदेखि सर्वसाधारणमा आइपीओ बिक्री खुला गर्दैछ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

    पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

    कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता शेयर जारी गर्ने भएको छ। सर्वसाधारणले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

    उक्त आइपीओको निष्कासन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते हुने भएको छ।   

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १०:५६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij