Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एनसेल फाउन्डेसनले एसईई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिने

एनसेल फाउन्डेसनले एसईई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिने


  • 1.5K
    Shares

    एनसेल फाउन्डेसनले एसईई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिने
    images

    काठमाडौं । एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । 

    यस सहकार्य अन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तर्वार्ताका आधारमा योग्य विद्यार्थी छनोट गरी प्रदान गरिनेछ । 

    यस पहलले देशका हरेक कुनाका विद्यार्थीहरूलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने जेहेन्दार विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिनेछ । यसका अतिरिक्त छात्रवृत्ति पाउने विद्यार्थीहरूले एनसेलका तर्फबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, नयाँ अवसर र आफ्ना आकाङ्क्षाहरूसँग निरन्तर जोडिन प्राविधिक सहयोग पुर्‍याउनेछ ।

    हन्ड्रेड ग्रुपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रम प्रोजेक्ट शिक्षाले पनि यो वर्ष थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । यो कार्यक्रम सन् २०१७ देखि निरन्तर सञ्चालनमा रहेको छ र यसले नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि अर्थपूर्ण शैक्षिक अवसरहरू सिर्जना गर्दै आएको छ । 

     

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १४:१२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij