Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

४ अंकले घट्यो शेयर बजार

४ अंकले घट्यो शेयर बजार


  • 484
    Shares

    ४ अंकले घट्यो शेयर बजार

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.१५ अंकले घटेर २,७४० को विन्दुमा कायम भएको छ । 

    आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३९ कम्पनीको ५६ करोड ४३ लाख २८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८० करोड माथिको शेयर कारोबार भएको छ । 

    व्यापार १.५० तथा उत्पादन ०.४७ प्रतिशत बढेको छ । बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१, अन्य ०.३० प्रतिशत  घटेको छ ।

    एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशत बढेको छ । दोस्रोमा रहेको एसवाई प्यानलको ४.६२ प्रतिशत बढेको छ । धौलागिरि लघुवित्तको मूल्य ११.१७ प्रतिशत घट्यो । झापा इनर्जीको ९.४३, रिजलाइन इनर्जीको ४.८७ प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस उर्जाको ९ करोड ५८ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    share.JPG

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १५:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij