Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

झण्डै १० प्रतिशतले बढ्यो नेपाल टेलिकमको खुद मुनाफा, प्रतिशेयर आम्दानी कति पुग्यो ?

झण्डै १० प्रतिशतले बढ्यो नेपाल टेलिकमको खुद मुनाफा, प्रतिशेयर आम्दानी कति पुग्यो ?


  • 533
    Shares

    झण्डै १० प्रतिशतले बढ्यो नेपाल टेलिकमको खुद मुनाफा, प्रतिशेयर आम्दानी कति पुग्यो ?

    काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले कुल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख आर्जन गरेको छ ।गत आर्थिक वर्षको तुलनामा २.४२ प्रतिशत अर्थात् ६१ करोड २० लाखले बढी हो।

    चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब २७ करोड २९ लाख पुगेको छ। गत वर्षको तुलनामा ९.८५ प्रतिशत अर्थात् ५६ करोड २४ लाखले बढी हो। कम्पनीको कुल आयमा २८ अर्ब ८५ करोड ४८ लाख आम्दानी गरेको छ। गत वर्षको सोही अवधिको कुल आय २८ अर्ब ४३ करोड १५ लाखको तुलनामा १.४९ प्रतिशतले बढी हो। 

    कम्पनीको ब्याज आम्दानी करिब २०.५७ प्रतिशत अर्थात् ५७ करोड ६६ लाखले घटेको विवरणमा उल्लेख छ। यसका बाबजुद सञ्चालन आय र अन्य खर्च व्यवस्थापनमा आएको सुधारले समग्र वित्तीय नतिजालाई उत्साहजनक बनाएको छ।

    कम्पनीको वित्तीय स्वास्थ्य मापन गर्ने महत्त्वपूर्ण सूचक ‘इबिडा’ १४ अर्ब ३८ करोड २ लाख रहेको छ। राजश्व र मुनाफामा परिवर्तन आउनुमा विभिन्न प्राविधिक तथा बजारजन्य कारणहरू रहेका छन्। 

    विशेषगरी जिएसएम सेवातर्फको राजश्वमा ५७ करोड ७४ लाखले वृद्धि हुनु र ह्रासकट्टी खर्चमा करिब ८.४६ प्रतिशतले कमि आउनुले खुद मुनाफा बढाउन सहयोग पुर्याएको देखिन्छ। कम्पनीको प्रतिशेयर आम्दानी वृद्धि भएर ४६.४७ कायम भएको छ भने गत वर्ष ४२.३ रहेको थियो।

     

     

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - ११:४१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij