२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । याम्बालिङ हाइड्रोपावरको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि जारी गरिएको छ।
उक्त आइपीओमा २९ लाख ८२ हजार ४९८ आवेदकबाट ३ करोड २४ लाख ७८ हजार २३० कित्ता शेयर माग भएको थियो। जसमा २९ लाख ३८ हजार ८२ आवेदकबाट माग भएको कुल ३ करोड १९ लाख ५६ हजार ९१० कित्ता शेयर सदर भएको छ भने बाँकी रहेको ४४ हजार ४१६ आवेदकबाट माग भएको ५ लाख २१ हजार ३२० कित्ता शेयर बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ७४ हजार ३०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।
यो आइपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुने भएको छ। नतिजा धितोपत्र बिक्री प्रबन्धकका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np लउ बाट हेर्न सकिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij