Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

शेयर बजारमा ३९ अंकको गिरावट

शेयर बजारमा ३९ अंकको गिरावट


  • 547
    Shares

    शेयर बजारमा ३९ अंकको गिरावट

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३९.४४ अंकले घटेर २,७४४ को विन्दुमा कायम भएको छ । 

    आज १३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५१ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३३८ कम्पनीको १ करोड ६ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.८३ प्रतिशत, विकास बैंक १.३७, फाइनान्स २.०३, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर २.२२, लगानी १.३०, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन १.६५, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.७७, अन्य १.४९ र व्यापार २.३३ प्रतिशत घटेको छ ।

    धौलागिरि लघुवित्तको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । योबाहेक मूल्य धेरै बढ्नेमा डिबेन्चर अगाडि रहे ।  फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १२.४० प्रतिशत घटेको छ । झापा इनर्जीको ६.८९, आत्मनिर्भर लघुवित्तको ६.११, होटल फरेस्ट इनको मूल्य ६.१० प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १८ करोड ९ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको १७ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएको छ । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएको छ । एसबिएल डिबेञ्चरका इकाईधनीले ५ दशमलव ५३ प्रतिशतका दरले कमाएको छ। एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले ३ दशमलव ४९ प्रतिशतका दरले कमाएको छ । एनआइसी एशिया डिबेञ्चरका इकाइएनीले ३ प्रतिशतका दरले कमाएको छ। 

    share.JPG

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १५:३३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij