Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


  • 582
    Shares

    आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै चाँदीको मूल्य भने वृद्धि भएको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

    महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ तोकेको छ। यसअघि वैशाख २५ गते सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार २ सय ६० रुपैयाँ कायम गरिएको छ।

    सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। वैशाख २५ गते प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार ३ सय रुपैयाँ पुगेको हो।  

    १० ग्राम चाँदीको मूल्य आज ४ हजार ५ सय ४४ रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।

    v

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - ११:१३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij