Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

गुरुआमा', 'मालती मंगले' र 'लालीबजार' आजदेखि प्रदर्शनमा

गुरुआमा', 'मालती मंगले' र 'लालीबजार' आजदेखि प्रदर्शनमा


  • 365
    Shares

    गुरुआमा', 'मालती मंगले' र 'लालीबजार' आजदेखि प्रदर्शनमा

    काठमाडौं । आज (शुक्रबार)देखि नेपाली हलहरूमा एकसाथ तीन नयाँ फिल्म प्रदर्शनमा आए छन् । फिल्म गुरुआमा, मालती मंगले र लालीबजार । यी तीनै फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै एकसाथ प्रदर्शनमा आएका हुन् ।

    तीनै फिल्मका कथावस्तु र कलाकारहरू फरक-फरक छन् । तीनमध्ये गुरुआमा र मालती मंगले पूर्वनिर्धारित मितिमै आएका हुन् भने लालीबजार विवादका कारण अघिल्लो शुक्रबार प्रदर्शन हुन नपाएर आजबाट रिलिज भएको हो ।

    फिल्म लालीबजारमा स्वस्तिमाका अलावा रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बाल कलाकार समाइरा थापा र डेब्यु कलाकारहरू विशाल देवकोटा र प्रशंसा सुवेदीको अभिनय रहेको छ । फिल्म यम थापाले निर्देशन गरेका हुन् । निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराइ रहेको फिल्मको बिहिबार साँझ प्रिमिएर गरिएको थियो ।

    आजैबाट प्रदर्शनमा आएको अर्को फिल्म हो ‘गुरुआमा’। प्रेम सोनी सुनारले निर्माण तथा निर्देशन गरेको यस फिल्मले किशोर–किशोरी कसरी दुर्व्यसनमा फस्छन् र यसमा अभिभावकको भूमिका कस्तो हुन्छ भन्ने सन्देश दिन्छ। फिल्ममा दिग्गज कलाकार मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु र सुस्मा थापाको अभिनय रहेको छ । शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्ध सुधार्ने उद्देश्यले फिल्म निर्माण गरिएको निर्देशक सुनारले बताएका छन् ।  

    गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ पनि आजैबाट प्रदर्शनमा आएको छ । प्रकु पाण्डेको निर्देशन रहेको फिल्मले ग्रामीण दम्पतीको प्रेम र सामाजिक परिवेशलाई समेटेको छ । फिल्ममा विजय बराल र वर्षा राउतको मुख्य भूमिका छ ।  फिल्ममा विजय र बर्षाको अलावा मेक्सम गौडेल, प्रकाश घिमिरे र सरिता गिरी र बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटा लगायतको अभिनय छ । 

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १०:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij