२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुन २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij