Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

२५ अंक घट्यो शेयर बजार

२५ अंक घट्यो शेयर बजार


  • 344
    Shares

    २५ अंक घट्यो शेयर बजार

    काठमाडौं । आज साताकोे चौथो कारोबारको दिन बुधबार पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २५.८१ अंकले घटेर २,७४४ को विन्दुमा कायम भएको छ । 

    आज ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड माथिको शेयर कारोबार भएको छ ।

    उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२४ प्रतिशत घटेको छ । बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ तथा अन्य समूह ०.९२ प्रतिशत घटेको छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशत बढेको छ । लक्ष्मी लघुवित्तको २.६६, धौलागिरि लघुवित्तको २.३३, भुजुङ हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य बढेको छ।

    शिखर पावरको मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशत घटेको छ । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ७.७९, त्रिशुली जलविद्युतको ६.९८ तथा झापा इनर्जीको ५.८३ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स कम्पनीको २४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पाल्पा सिमेन्टको २० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    share.JPG

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १५:२४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij