२०८३ बैशाख १५ गते मंगलवार
काठमाडौं । साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। आज नेप्से परिसूचक २६.१६ अङ्कले घटेर २७७०.२६ विन्दुमा ओर्लिएको छ ।
आज दिनभरिको कारोबारमा ३४९ वटा कम्पनीका १ करोड ४० लाख कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा अन्य उपसमूह बाहेक बाँकी सबै उपसमूहका सूचकहरू राताम्मे देखिएका छन्। अन्य उपसमूह ०.७३ प्रतिशतले बढ्दा सबैभन्दा धेरै गिरावट होटल तथा पर्यटन क्षेत्रमा २.५६ प्रतिशत र उत्पादन तथा प्रशोधन क्षेत्रमा २.४६ प्रतिशत देखिएको छ। जलविद्युत उपसमूह पनि १.७४ प्रतिशतले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा आज पाल्पा सिमेन्ट शीर्ष स्थानमा रह्यो, जसको ५८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड ६८ लाख र कर्पोरेट डेभलपमेन्ट बैंक को ३० करोड २८ लाख रुपैयाँको कारोबार भएको छ।
आजको बजारमा हिमालयन बैंकको डिबेञ्चरका लगानीकर्ताले ६ प्रतिशत नाफा कमाएका छन् ।तर, कर्पोरेट डेभलपमेन्ट बैंक का लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशतले गुमाएका छन्। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्यमा १०.२७ प्रतिशतको गिरावट आएको छ।
कुल २१३ कम्पनीको सेयर मूल्य घट्दा ४२ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij