Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

९ महिनामा प्रभु बैंकले कमायाे ८५ करोड मुनाफा, कस्ता छन् अन्य सूचक ?

९ महिनामा प्रभु बैंकले कमायाे ८५ करोड मुनाफा, कस्ता छन् अन्य सूचक ?


  • 519
    Shares

    ९ महिनामा प्रभु बैंकले कमायाे ८५ करोड मुनाफा, कस्ता छन् अन्य सूचक ?

    काठमाडौं ।  प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा आफ्नो व्यावसायिक आम्दानीका स्रोतहरूलाई विविधीकरण गर्दै मजबुत वित्तीय नतिजा सार्वजनिक गरेको छ।

    बैंकको यस अवधिको विवरणमा सबैभन्दा लोभलाग्दो सुधार गैर-ब्याज आम्दानी (खुद फि तथा कमिसन आम्दानी) मा देखिएको छ।

    बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खुद फि तथा कमिसन आम्दानी गत वर्षको तुलनामा ६२.३१ प्रतिशतले बढेर १ अर्ब ६७ करोड ४ लाख ६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब २ करोड ९१ लाख ६९ हजार रुपैयाँ मात्र थियो।

    समीक्षा अवधिमा खुद ब्याज आम्दानी भने १.४० प्रतिशतले घटेर ७ अर्ब १८ करोड १९ लाख ४२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंकले ७ अर्ब २८ करोड ४६ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। खुद ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि कमिसन आम्दानीमा भएको उच्च वृद्धिले बैंकको कुल सञ्चालन आम्दानीलाई सन्तुलनमा राख्न मद्दत पुर्याएको छ।

    बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३४.११ प्रतिशतले घटेर २ अर्ब २६ करोड ४३ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको चैत मसान्तसम्ममा यस्तो मुनाफा ३ अर्ब ४३ करोड ५२ लाख ७० हजार रुपैयाँ रहेको थियो।

    त्यसैगरी, बैंकको खुद नाफा पनि ५४.६३ प्रतिशतले घटेर ८५ करोड १५ लाख २३ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ८७ करोड ६० लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा भने उल्लेख्य सुधार ल्याएको छ। खराब कर्जा अघिल्लो वर्षको २.१६ प्रतिशतबाट घटेर १.७१ प्रतिशतमा झरेको छ।

    यसैगरी, बैंकको इम्पेरमेन्ट चार्ज पनि ४२.८२ प्रतिशतले घटेर २ अर्ब ७७ करोड ३४ लाख ४९ हजार रुपैयाँ कायम भएको छ, जुन गत वर्ष ४ अर्ब ८५ करोड ३२ लाख रुपैयाँ रहेको थियो।

    नाफामा आएको संकुचनसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ५४.६५ प्रतिशतले घटेर ४ रुपैयाँ ८२ पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात ४३.३४ गुणा रहेको छ।

    हाल २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब १७ करोड ८९ लाख ५६ हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३५ अर्ब १३ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ८७ लाख ८३ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।

     

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १४:३४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij