Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

संयुक्त विद्यार्थी संगठनद्वारा टीयू परिसरमा मार्चपास

संयुक्त विद्यार्थी संगठनद्वारा टीयू परिसरमा मार्चपास


  • 274
    Shares

    संयुक्त विद्यार्थी संगठनद्वारा टीयू परिसरमा मार्चपास

    काठमाडौं ।  संयुक्त विद्यार्थी आन्दोलनले सरकारले विभिन्न राजनीतिक दलनिकट विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने तयारी गरेकोमा विरोध गर्दै त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ।

    विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान, लोकतान्त्रिक मूल्य–मान्यता विपरीत तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।

    सो क्रममा उनीहरूले, बढ्दो महँगी नियन्त्रण गर, शैक्षिक संस्थालाई व्यापारीकरण गर्ने अभ्यास बन्द गर, मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर, ४५% भाडा छुट कायम गरलगायतका नाराअंकित प्लेकार्डसमेत बोकेका थिए । 

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १३:४५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij