Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश


  • 253
    Shares

    शेखर गोल्छालाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

    काठमाडौं ।   सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ। प्रहरीको हिरासतमा रहेका गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्चले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई आदेश दिएको हो।

    सिआइबीले गत बिहीबार गोल्छालाई पक्राउ गरेको हो। कानुन विपरीत आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै गोल्छाको श्रीमती सिमा गोल्छाले सोमबार सर्वोच्चमा रिट दायर गरेकी हुन्। 

    उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् बन्दीसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो। गोल्छाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल र अधिवक्ता पंकज कुमार कर्ण र सूर्यराज दाहालले बहस गरेका थिए।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो,काठमाडौं जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई रिटमा विपक्षी बनाइएको छ।

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १३:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij