Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

धुम्बाराहीमा खड्का पक्षका नेता जुटे छलफलमा

धुम्बाराहीमा खड्का पक्षका नेता जुटे छलफलमा


  • 358
    Shares

    धुम्बाराहीमा खड्का पक्षका नेता जुटे  छलफलमा

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका पक्षमा नेताहरूको बैठक सुरु भएको छ। 
    धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको बैठकमा खड्का समूहका शीर्ष नेता सहभागी छन्। त्यस्तै, कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्य, जिल्ला सभापति र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापति सहभागी रहेको एक नेताले बताए। 

    यसअघि पनि यही होटलमा खड्का पक्षको बैठक बसेको थियो। वैशाख ४ मा गगन थापा नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतबाट वैधता पाएपछि खड्का पक्ष आन्तरिक रणनीति बनाउन वैशाख ६ मा छलफलमा जुटेको थियो। त्यो बैठकले सर्वोच्च अदालतको निर्णय मान्ने निष्कर्ष निकालेको थियो।

    कांग्रेस सभापति गगन थापा र खड्का पक्षबीच अझै आन्तरिक विवाद सुल्झिएको छैन। विवाद सुल्झाउन दुवै पक्ष संवाद गर्दै आएका छन्। 

    आजको बैठकमा खड्का पक्षका नेताहरूले कांग्रेसको आन्तरिक विवाद, समसामयिक राजनीति र आगामी रणनीतिबारे छलफल हुने जनाएका छन्। 

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १२:५७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij