Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, वैशाखभित्रै नतिजा प्रकाशन गर्ने तयारी

एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, वैशाखभित्रै नतिजा प्रकाशन गर्ने तयारी


  • 337
    Shares

    एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, वैशाखभित्रै नतिजा प्रकाशन गर्ने तयारी

    काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख अन्तिम सातासम्म प्रकाशन गर्ने तयारी अघि बढाएको छ। 

    राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार एसइईको उत्तरपुस्तिका परीक्षण सकेर अहिले परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। 

    यही वैशाखको चौथो सातासम्ममा एसईई नतिजा प्रकाशन गर्ने योजनाअनुसार द्रुत गतिमा काम भइरहेको अर्यालले जानकारी दिए। 

    अर्यालका अनुसार परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम एक दुई दिनमा सकेर त्यसलाई रुजु गरिने छ। रुजु गर्दा पनि कुनै प्राविधिक समस्या देखिएन भने नतिजा प्रकाशनको प्रक्रियामा जाने छ। 

    गएको चैत १९ गतेदेखि सुरु भएको एसइई परीक्षा गत चैत २९ गते सकिएको थियो। 

    यस वर्ष ५ लाख १२ हजार ४२१ जनाले एसईई दिएका छन्। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले यस वर्ष एसईई दिएका हुन्। 

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - ०९:००:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij