Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप

शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप


  • 701
    Shares

    शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई चार दिन म्याद थप गर्न अनुमति दिएको छ।

    उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई बिहीबार नक्सालबाट बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो।

    नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ का दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा कारबाहीका लागि पक्राउ गरिएको थियो ।

    सोही आधारमा अदालतबाट अनुसन्धानका लागि थुना अनुमति लिइएको छ ।  

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १८:०७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij