Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

ढुक्क हुनुस्, सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं: प्रधानमन्त्री शाह

ढुक्क हुनुस्, सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं: प्रधानमन्त्री शाह


  • 806
    Shares

    ढुक्क हुनुस्, सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं: प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक सुकुमबासीहरूको पहिचान गरी यथाशक्य चाँडो जग्गा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले वर्षौँदेखिको सुकुमबासी समस्याको स्थायी समाधान गर्ने सरकारको तयारी रहेको स्पष्ट पारेका हुन् । 

    नदीकिनारमा बसोबास गर्नेहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधारका लागि उनीहरूको स्थानान्तरण आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ। उनले भने, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका मानिसहरूले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने नियति छ। उनीहरूलाई जोखिमरहित सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार हो। 

    थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीहरूलाई मानवीयतालाई ख्याल गर्दै र बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको प्रधानमन्त्रीले जानकारी दिएका छन् । 

    प्रधानमन्त्री शाहले सुकुमबासी समस्या समाधान गर्ने विषय आफ्नो चुनावी वाचा र सरकारको १०० दिने कार्ययोजनामा समेत समेटिएको स्मरण गराएका छन् । प्रधानमन्त्री शाहले अतिक्रमणकारी र वास्तविक सुकुमबासीबीच सरकारले फरक छुट्टयाउने विश्वास दिलाएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १७:४६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij