२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । नेपाली हलमा आज शुक्रबारदेखि फिल्म ‘परालको आगो’ देशभरका हलहरूमा प्रदर्शनमा आएको छ । गुरुप्रसाद मैनालीको कालजयी कृतिमा आधारित ‘परालको आगो’ ले देशभर करिब १५० शो प्राप्त गर्दै उत्साहजनक सुरुवात गरेको छ ।
सुशील पोखरेलको निर्माणमा बनेको ‘परालको आगो’ लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ, जसको अर्थ यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ । फिल्ममा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ ।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका हुन् भने सुलभी पोखरेल र सत्यम पोखरेल यसका निर्माता हुन् । फिल्मलाई नेपालभर आरआर फिल्मसले वितरण गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij