Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंमा ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी एक्स्पो २०२६’ शुरु (तस्बिरसहित)

काठमाडौंमा ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी एक्स्पो २०२६’ शुरु (तस्बिरसहित)


  • 3.3K
    Shares

    काठमाडौंमा ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी एक्स्पो २०२६’ शुरु (तस्बिरसहित)
    images

    काठमाडौं । आतिथ्य तथा खाद्य उद्योगसँग सम्बन्धित व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले ‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२६’ प्रदर्शनी काठमाडौंमा शुरु भएको छ । ग्लोवल एक्स्पोजिसन एण्ड म्यानेजमेन्टले आयोजना गरेको ११ औँ संस्करणको मेला बिहीबारदेखि शुरु भएको हो ।

    मेलामा खाद्य तथा पेय पदार्थ, होटल तथा रेष्टुरेण्ट व्यवस्थापन, किचन उपकरण, सप्लाई चेन, आतिथ्य सेवा लगायत क्षेत्रसँग सम्बन्धित कम्पनी, उद्यमी र सरोकारवालाहरूको सहभागिता छ ।आयोजककाअनुसार प्रदर्शनीले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्राण्डलाई एकै ठाउँमा ल्याउँदै नयाँ प्रविधि, सेवा र उत्पादनहरूको प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ । 

    प्रदर्शनीकर्ता दिप थापाले आफूले वेभरेजसम्बन्धि स्टल राखेको जानकारी दिए। मेलामा धेरै जनाको भेला हुँदा आफूहरुको व्यापारमा समेत प्रवद्र्धन हुने आशा उनले राखे ।

    प्रदर्शनीकर्ता थापाले भने, मैले कफि प्रोडक्टर मेसिनहरु मेलामा राखेको छु । आम दर्शकका माझ प्रर्दशन गरेर विक्रि गर्ने लक्ष्य छ । अहिले नेपाली बजारमा व्यापार गर्न सहज छैन् । विश्वमै त्यस्तो देखिदैछ । मेलामा हस्पिटालिटी क्षेत्रले आयोजना गरेको यो मेलामा सबै कुरा देख्न पाउनुहुनेछ ।’

    मेल शनिवारसम्म चल्नेछ । मेलाले उद्योगी-व्यवसायीबीच नेटवर्किङ, साझेदारी र लगानीका सम्भावना खोज्ने प्लेटफर्मका रूपमा समेत कार्यक्रम महत्वपूर्ण हुने विश्वास गरिएको छ ।   

    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १५:४६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij