Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारमा गिरावट, कारोबार रकम ९ अर्ब ३१ करोड

शेयर बजारमा गिरावट, कारोबार रकम ९ अर्ब ३१ करोड


  • 1.9K
    Shares

    शेयर बजारमा गिरावट, कारोबार रकम ९ अर्ब ३१ करोड
    images

    काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।नेप्से परिसूचक ३३.८३ अंकले घटेर २,८३३ को विन्दुमा कायम भएको छ । 

    आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

    बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८, अन्य १.९० तथा व्यापार १.०१ प्रतिशत घटेको छ ।

    ५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् ।

    सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशत घटेको छ । भूगोल इनर्जीको ७.७९, भुजुङ हाइड्रोपावरको ७.३९ तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ४.६५ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, सोलु हाइड्रोपावर र रिडी पावर छन्  ।

    आज सबैभन्दा धेरै रिज लाइन इनर्जी र सूर्यकुण्डका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । होटल फरेष्ट, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

    3.JPG

    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १६:२२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij