२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’ मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी छन् ।
केही दिनअगाडि मात्रै यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको थियो ।
लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम र पोस्टर सार्वजनिक गरेको थियो ।
यही वैशाखको दोस्रो साता पछिबाट छायाङ्कनमा जाने तयारीमा रहेको चलचित्रको लाइनअप निर्देशक परिच्छेद सेनले निकै बलियो बनाएका छन् । परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेकोचलचित्रमा पुष्पका साथै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार रहेका छन् ।
निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहने छन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij