Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

नारी दिवसमा ‘परालको आगो’ को नयाँ पोस्टर सार्वजनिक

नारी दिवसमा ‘परालको आगो’ को नयाँ पोस्टर सार्वजनिक


  • 15
    Shares

    नारी दिवसमा ‘परालको आगो’ को नयाँ पोस्टर सार्वजनिक

    काठमाडौं । नयाँ नेपाली फिल्म ‘परालको आगो’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीहरूलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ ।

    सार्वजनिक गरिएको नयाँ पोस्टरले फिल्मप्रति दर्शकमा थप उत्सुकता बढाएको छ । सुनौलो घामले छोएको खेतबारीको बीचमा डोकोमा अडेस लगाएर बसेकी सुहाना थापाको भावपूर्ण मुद्राले पोस्टरलाई अझ जीवन्त बनाएको छ । उनको अनुहारमा देखिएको गहिरो संवेदना र शान्त भावले कुनै नारीको भित्री कथा बोलिरहेको जस्तो अनुभूति दिलाउँछ ।

    पोस्टरमा प्रयोग गरिएको ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिले नेपाली गाउँघरको मौलिकता झल्काउँछ। 

    ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई उठान गर्ने यस फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन्।

    लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुहाना, सौगात र प्रकाशका साथै सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँले पनि अभिनय गरेका छन् । हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने लेखन सुशील देवकोटा ले गरेका छन् ।

    छायांकन संकल्प भुजेल को रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवर ले गरेका छन् । फिल्ममा भिएफएक्स समिर मिया र सत्यम राना ले गरेका छन् भने टीजर तथा ट्रेलर सम्पादन साहिल खान ले गरेका छन् । मिक्सिङ मुकेश शाह को रहेको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरे ले सम्हालेका छन् ।

    फिल्मको पाश्र्व संगीत किरण तुलाधर को रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप र प्रकाश सपुत को योगदान छ । गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ। 

     

    images
    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - १६:५९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij