२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । आज वर्षको अन्तिम कारोबार दिन सोमबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.१८ अंकले घटेर २,८३३ को विन्दुमा कायम भएको छ ।
आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड माथिको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमा ०.४६ प्रतिशत बढेको छ ।
बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बीमा ०.४६, माइक्रोफाइनान्स ०.४२, अन्य १.६२ तथा व्यापार ०.२१ प्रतिशत घटेको छ ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी र शिखर पावर छन् ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ४५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावर कम्पनी, सूर्यकुण्ड, होटल फरेष्ट र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij