Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक : सरकारको समर्थन फिर्ता नलिने निर्णय

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक : सरकारको समर्थन फिर्ता नलिने निर्णय


  • 7.4K
    Shares

    एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक : सरकारको समर्थन फिर्ता नलिने निर्णय

    काठमाण्डौ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । बुधवार (आज) बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

    यसअघि केन्द्रमा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    केन्द्रको निर्णयलाई चुनौती दिँदै एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेसँगै माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारको सङ्कट टरेको छ । 

    सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य रहेकोमा एमालेका २५ सांसद छन् जसमा खनाल–नेपाल समूहका सदस्यको बहुमत छ। यस्तै नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का दुई प्रदेश सभा सदस्य छन् । 

    तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबन्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । 

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १४:२१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij