२०८२ चैत्र २४ गते मंगलवार
काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् ।
अभद्र व्यवहार लगायतको कसुरमा उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।
जाहेरीपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलमा कुरा नमिलेपछि कानुनी प्रक्रियामा अघि बढ्न तिमल्सिनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१७ चैतमा फेसबुकमार्फत उषाले आफूलाई सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने सहितका श्रृंखलाबद्ध फेसबुक स्टाटस लेखेकी थिइन् ।
२०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो । अलग भएको ६ महिनापछि त्यतिबेला अंशवण्डाको टुंगो नलाग्दै सोहीवर्षको मंसिर १९ मा प्रेमिका सविना अधिकारीसँग जीपीले दोस्रो विवाह गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij