Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सर्वोच्चमा संसद् विघटन मुद्दाको पेशी तोकियो : बिहीबार १९ रिटको पेशी , शुक्रबार ११ रिटको

सर्वोच्चमा संसद् विघटन मुद्दाको पेशी तोकियो : बिहीबार १९ रिटको पेशी , शुक्रबार ११ रिटको


  • 4.7K
    Shares

    सर्वोच्चमा संसद् विघटन मुद्दाको पेशी तोकियो : बिहीबार १९ रिटको पेशी , शुक्रबार ११ रिटको

    काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी ३० थान रिट सर्वोच्चमा दर्ता भएका छन्। सर्वोच्चले यसरी दर्ता भएका रिटहरुलाई बिहीबार र शुक्रबार दुई दिन गरेर सुनुवाइ गर्ने भएको छ।

    अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको पेशी १३ गते बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको पेशी १४ गते शुक्रबार लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ३ को सरकारको नेतृत्वमा रहेकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया शुरु गरेकी थिइन्।

    उक्त प्रक्रिया अनुसार २१ घन्टाको समय दिएपछि विपक्षी गठबन्धनका तर्फबाट १४९ सांसदसहित प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवालाई अघि सारिएको थियो।

    त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग १५३ सांसद रहेको जिकीर गर्दै सरकारको दाबी गरेका थिए। राष्ट्रपति दुवैको दाबी खारेज गरेकी थिइन्।

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १७:५१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij