Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सभामुख सापकोटा पूर्व सभामुखहरूसँगको छलफलमा, सुवास नेम्वाङ भने अनुपस्थित

सभामुख सापकोटा पूर्व सभामुखहरूसँगको छलफलमा, सुवास नेम्वाङ भने अनुपस्थित


  • 5.7K
    Shares

    सभामुख सापकोटा पूर्व सभामुखहरूसँगको छलफलमा, सुवास नेम्वाङ भने अनुपस्थित

    काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व–सभामुखहरूसँग छलफल गरिरहनुभएको छ । पछिल्लो राजनीतिक अवस्थाको विषयमा परामर्श लिनका लागि सापकोटाले प्रतिनिधि सभा (संसद्) भवन नयाँ बानेश्वरमा पूर्व–सभामुखहरूसँग छलफल गरिरहेको सचिवालयले जनाएको छ ।

    प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उहाँले पूर्व–सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ । छलफलमा पूर्व–सभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती भौतिक रूपमै उपस्थित हुनुभएको छ ।

    यस्तै तारानाथ रानाभाट र दमननाथ ढुङ्गाना जुममार्फत जोडिनुभएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

    सुवासचन्द्र नेम्वाङ भने उपस्थित हुनुभएको छैन । छलफलमा सबै पूर्व सभामुखलाई बोलाइएको उहाँले बताउनुभयो । 

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १४:५०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij