Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट: आज दुई खेल हुँदै

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट: आज दुई खेल हुँदै


  • 561
    Shares

    • images
    प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट: आज दुई खेल हुँदै

    काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज (चैत २०) कर्णाली प्रदेशसँग खेल्दै छ । 

    खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । एपीएफ तालिकाको सातौँ स्थानमा छ । पाँच खेल खेलेको एपीएफले एक जित हासिल गर्दा तीन हार व्यहोरेको छ । एपीएफको एक खेल भने रद्द भएको थियो । 

    रन रेटका आधारमा पछाडि परेपछि समान खेल खेल्दा समान तीन अंक जोडेको कर्णाली आठौँ स्थानमा छ । यी दुईबीचको खेल जनकपुरको रामजानकी बुहदेश्यीय रंगशालामा बिहान ९:३० बजे हुनेछ ।  आजै हुने दोस्रो खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । 

    खेलमा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ । गण्डकीले पाँच खेल खेल्दा एक जित र तीन हारसहित तीन अंक जाडेको छ । गण्डकीको एक खेल भने रद्द भएको थियो । 

    यता, कोसी भने पहिलो जितको खोजीमा छ । तालिकाको पुछारमा रहेको कोसीले पाँच खेल खेलिसक्दा पनि जितको खाता खोल्न सकेको छैन । एक अंक बनाएको कोसीले पाँच खेल खेल्दा चार खेलमा हारेको छ । कोसीको एक खेल भने रद्द भएको थियो । 

    यी दुईबीचको खेल वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा बिहान ९:३० बजे हुनेछ ।

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - ०७:०५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij