२०८२ चैत्र १९ गते बिहिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.८२ अंकले बढेर २,७८२ को विन्दुमा कायम भएको छ ।
आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८१ करोडको शेयर कारोबार भएको छ ।
व्यापार सबैभन्दा धेरै २.५३ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन १.७६ प्रतिशत, लगानी ०.१५, हाइड्रोपवार ०.०५, होटल तथा पर्यटन ०.३९ तथा विकास बैंक ०.४८ प्रतिशत बढेको छ । बैंकिङ ०.११, फाइनान्स ०.८७, जीवन बीमा ०.१९, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह सूचक ०.०२ प्रतिशत घटेको छ ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
आज सबैभन्दा धेरै एसवाई प्यानल कम्पनीको ३५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ३० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सूर्यकुण्ड र रिज लाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij