२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४९ सय ४५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij